+
+

बक्स अफिस : ‘कश्मीर फाइल्स’को छायाँमा ‘चिसो एस्ट्रे’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:२२

६ चैत, काठमाडौं । नेपाली बक्स अफिसमा समेत अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’को प्रभाव देखिएको छ । भारतीय बक्स अफिसमा ‘दबदबा’ मच्चाएको फिल्मले शुक्रबार र शनिबार नेपाली हलमा समेत राम्रो व्यापार गरेको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र फिल्मले सुरुवाती दुई दिनमा २२ लाख २० हजारको कमाइ गरेको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, नारायणगढजस्ता ठूला सहरमा सप्ताहन्तको ‘फुटफल’ ७० प्रतिशतभन्दा माथि रहेको हल सञ्चालक बताउँछन् ।

‘यो हामीले सोचेभन्दा उच्च कमाइ हो,’ क्यूएफएक्समा प्रणाली विभाग हेर्ने आदर्श सिग्देलले अनलाइनखबरलाई भने, ‘कश्मीर फाइल्सको कमाइको ट्रेण्ड स्थिर छ । व्यापारलाई हामी कन्फ्युजनमा थियौं । तर अपेक्षाभन्दा माथि देखिएको छ ।’

आईएनआई सिनेमाज मल्टिप्लेक्समा फिल्मले दुई दिनमा १२ लाख कमाएको प्रमुख सुरेन्द्र थापाले जनाए । ‘कश्मीर फाइल्सलाई हेर्न आउने दर्शकको उमेर ३० वर्षभन्दा माथि छ । किशोर पुस्ता भने त्यति देखिएको छैन,’ थापाले भने, ‘आइतबारदेखि केही ड्रप छ ।’

बलिउड फिल्म ‘बच्चन पाण्डे’ले कस्मिर फाइल्सलाई पछ्याइरहेको छ । ‘बच्चन पाण्डेको ब्यापारमा समेत कस्मिर फाइल्सले अवरोध गरेको अवस्था छ’ सिग्देल भन्छन्, ‘आइतबारदेखि यो फिल्मको बक्सअफिस भविष्य निर्भर हुनेछ ।’

चिसो एस्ट्रे’लाई ‘कश्मीर फाइल्स’को असर

दिव्य देव र सृष्टि श्रेष्ठ स्टारर नेपाली फिल्म ‘चिसो एस्ट्रे’ले नेपाली बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ । ‘मिडिया हाइप र ट्रेलर राम्रो भएपनि फिल्मले सोचेजस्तो ओपनिङ गर्न सकेन,’ सिग्देलले अनलाइनखबरलाई भने, ‘दुई ठूला हिन्दी फिल्म आएको र भारतमा समेत चर्चा बटुलेको फिल्मको माझमा चिसो एस्ट्रे पर्‍यो ।

तराई–मधेशमा शुक्रबार परेको होली पर्वको कारण त्यस क्षेत्रमा हल खुलेका थिएनन् । यसले गर्दा शुक्रबारको रिलिजलाई असर पुगेको छ । शनिबार पनि कतिपय ठाउँमा हल बन्दै रहे । यी चुनौतीको बाबजुद पनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।

तर पनि फिल्म हेरका दर्शक र समीक्षकले दिन्स पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’लाई रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?