+
+

फ्लोरिडाको समुद्री तटमा खुलेकी वर्षा, राजसँग कस्तो छ सम्बन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:४०

६ चैत, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रेम, व्यवसायदेखि उनले पोस्ट गरेका घुमघामका क्षण चर्चाका विषय बनिरहेका छन् ।

वर्षा अहिले घुमघामका लागि अमेरिका पुगेकी छन् । शनिबार फ्लोरिडाको समुद्री तटमा रमाउँदै गरेका तस्वीरमा वर्षा उन्मुक्त देखिन्छिन् । बिकिनीमा उनी हट देखिएकी छन् ।

वर्षाको बिकिनी तस्वीर अहिले गफगाफको विषय बनिरहेको छ । तर वर्षाको रिलेसनसिपलाई लिएर नयाँ खबर छ । उनी केही समयदेखि अभिनेता राज कट्वालसँग अफेयरमा थिइन् ।

 

बीचमा यी दुईबीच प्याचअप भएको खबर पनि आयो । तर निकट स्रोतका अनुसार राज र वर्षाबीच पुनः ब्रेकअप भएको खबर छ । केही समयदेखि यी दुईजना सम्पर्कमा छैनन् । राजले अनलाइनखबरसँग पनि ब्रेकअपको संकेत गरे ।

तस्वीर : वर्षाको इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?