+
+

६०० रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १३:१३

६ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९ हजार २०० रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य भने तोलामा ९८ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ३७५ रुपैयाँ रहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?