+
+

इलाममा एमालेको शक्ति प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १४:५१

६ चैत, इलाम । चुनावकेन्द्रित गतिविधि सुरु गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ ।

फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

‘पार्टी प्रवेश कार्यक्रम भएको हो । यो चुनावी तयारी पनि हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।

इलाम उपाध्यक्ष नेम्वाङको गृह जिल्ला हो । इलामकै नेता झलनाथ खनाल भने एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीमा छन् ।

अब लगातार सभा आयोजना गरिने रिजालले बताए । चुनाव केन्द्रित गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्यूरो बैठक बस्दैछ ।

९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?