+
+

मान्छे-मान्छेबीच हुने विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १७:२९

६ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे-मान्छेका बीचमा असमानता र विभेद हुनुनहुने बताएका छन् ।

समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने बताए । उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरु भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए ।

उनले भने, ‘यो राजनीतिक परिवर्तन असमानताको अन्त्यको लागि, यो विभेदहरुको अन्त्यको लागि पटक-पटक थुप्रै संघर्षहरु जनयुद्ध भयो, सशस्त्र संघर्षहरु भए, गणतन्त्र प्राप्त भयो । धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताहरु आएको छ । र नयाँ संविधान बनेको छ । देशले केही काँचुली फेर्ने जमर्को गरेको छ । हामीले जति चाहेका छौँ त्यति पाउन सकिराखेका छैनौँ ।’

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए । सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ? के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ । त्यसकारण यही कुरालाई अलि बढी फोकस गरेर समाजमा सकारात्मक सोचको विकास होस् र सबैले सकारात्मक ढंगले सोचौँ । र केही न केही आफ्नो ठाउँबाट योगदान गरौँ भनेर अभियान थाल्ने अभियानकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

उनले अनुशासित, नैतिकवान, पारदर्शि र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?