+
+

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २०:०४

६ चैत, काठमाडौं । १० चैतदेखि दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने भएको छ ।

आयोजक म्याक्स बक्सिङ प्रमोसनले पहिलो पटक दक्षिण एसियाली स्तरको प्रो बक्सिङ च्याम्पियनसिप गर्न लागेको हो । ठमेलस्थित क्लब फरेनहाइटमा दिउँसो २ बजे सुरु हुने च्याम्पियनसिपमा भारत, बंगलादेश लगायतका दक्षिण एशियाली देशका खेलाडी पनि सहभागी हुनेछन् ।

प्रो बक्सिङ च्याम्पियनसिपले नेपालको बक्सिङ खेल र नेपाली मुक्केबाजहरुलाई ब्यवसायिकतातर्फ उन्मुख गराउने नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापतिले बताए ।

एलिट फाइटर सिरिजको रुपमा रहने यो प्रो बक्सिङ च्यामपियनसिपको विजेताहरुले आकर्षक नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसका साथै सिरिजको अन्तमा सुपर फिदर वेइट ७८ केजी तौल समूहको सुपर फिटर वेइट च्याम्पियन सिरिज हुने र त्यसको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख रुपैयाँ पुरस्कार रकम पाउने म्याक्स बक्सिङ प्रमोसनका कार्यकारी निर्देशक मुक्ति थापा र संस्थापक म्याक्स बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?