+
+

यौन दुर्व्यवहारका आरोपीलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २२:२०

६ चैत, विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

लेटाङ–५ का वडाध्यक्ष भूम सूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलमाथि कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको आरोप लागेको थियो ।

आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडाध्यक्ष मगरले शिक्षक पौडेललाई पक्राउ गर्नका लागि प्रहरीलाई बोलाएका थिए । तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई लैजान दिएनन् ।

वडाध्यक्ष मगरका अनुसार स्थानीयले प्रहरी कहाँ लगेर शिक्षकलाई जोगाउन खोजेको भन्दै नारावाजी गरेका थिए । दिउँसो १ बजेसम्म सामान्य रहेको स्कुल त्यसपछि तनावग्रस्त बनेको उनले बताए । स्थिति नियन्त्रण गर्न प्रहरीले दजनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

अपडेट –

आक्रोशित भीडले शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । ‘दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सकिएन, राति प्रहरीले लिएर जाँदै थियो, बाटोमा आक्रमण भयो’ उनले भने, ‘प्रहरीको अवस्था गम्भीर छ ।’

प्रहरी स्रोतका अनुसार एक जना महिला प्रहरीको घाँटीमा हतियार प्रहार भएको छ । स्कुलमा भिड कम भएपछि प्रहरी चौकी ल्याउने क्रममा साझा चोक नजिकै आक्रमण भएको थियो ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ । स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?