+
+

जिमेलमा इमेल सेड्युल कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ७:२५

फुर्सदको बेला इमेल लेखेर चाहेको बेला सम्बन्धित व्यक्तिलाई इमेल पुग्नेगरी इमेललाई समय तालिकामा राख्ने अर्थात् सेड्युलिङ गर्न सकिने फिचर जिमेलले सन् २०१९ मै सुरु गरेको हो ।

यो फिचरको प्रयोग गरी कुनै पनि समयमा इमेल मस्यौदा गरेर उक्त इमेल आफूले छानेको मिति र समयमा सम्बन्धित प्रापकलाई प्रेषित हुने गरी पठाउन सकिन्छ ।

इमेल सेड्युलिङ फिचर जिमेलको एप तथा डेस्कटप दुवै भर्सनमा उपलब्ध छ । यसमा पूर्वनिर्धारित मिति र समय तथा आफूले छानेको मिति र समयमा प्रापकले इमेल प्राप्त गर्ने गरी तय गर्न सकिन्छ ।

जिमेलमा इमेल सेड्युलिङ गर्ने कार्य निकै सहज छ । यसका लागि तपाईंले तलको प्रक्रिया अपनाउनुहोस् :

डेस्कटप ब्राउजरबाट जिमेलमा इमेल सेड्युल गर्नका लागि

· ब्राउजर खोली आफ्नो जिमेल अकाउन्ट लगइन गनुहोस्

· जिमेल पेजमा रहेको Compose मा क्लिक गरी प्रापकको इमेल ठेगाना हालेर आफूले पठाउने इमेल ड्राफ्ट गर्नुहोस्

· त्यसपछि Send क्लिक नगरी क्भलम बटनको छेउँमा रहेको ड्रपडाउन एरोमा क्लिक गर्नुहोस् र Schedule Send छान्नुहोस्

· त्यहाँ आगामी केही दिनका कतिपय पूर्वनिर्धारित मिति र समयका विकल्पहरु देख्न सकिन्छ । त्यसमध्येको कुनै मिति र समय तपाईंलाई उपयुक्त हुन्छ भने त्यसमै क्लिक गर्नुहोस् ।

· यदि तपाईंले आफ्नो अनुकुलता अनुसारको कुनै अर्को मिति तथा समय छान्नुपर्नेछ भने Pick date and time अप्सनमा क्लिक गरेर त्यसपछि देखिने क्यालेन्डरबाट समय र मिति छान्न सक्नुहुन्छ ।

· Schedule send अप्सनमा क्लिक गर्नुहोस् । त्यति गरिसकेपछि तपाइँले छानेको मिति र समयमा सो इमेल प्रापकको इनबक्समा पुग्नेछ ।

मोबाइल एपबाट जिमेलमा इमेल सेड्युल गर्नका लागि

· आफ्नो एन्ड्रोइड वा आइओएस डिभाइसमा जिमेल एप खोल्नुहोस्

· त्यसपछि Compose मा थिचेर प्रापकको इमेल ठेगाना राखी इमेल ड्राफ्ट गर्नुहोस्

· दायाँपट्टि माथिल्लो भागमा रहेको तीनवटा थोप्ला भएको मेन्यूमा थिच्नुहोस् र Schedule send अप्सनमा थिच्नुहोस्

· त्यहाँ केही निर्धारित मिति र समयका विकल्पहरू उपलब्ध हुन्छन् र तपाईंले त्यसमध्ये कुनै एउटा छान्न पनि सक्नुहुन्छ । तर आफूले अर्को कुनै मिति र समय छान्न चाहनुहुन्छ भने pick date and time अप्सनमा थिचेर मिति र समय छानेर Schedule send मा थिच्नुहोस् ।

सेड्युलमा राखेको इमेल निर्धारित मितिभन्दा अगाडिसम्म सच्चाउन सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?