+
+

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १३:३२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले साँफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको साँफेबगर शाखाले सो विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरेको हो ।

विद्यालयको वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको साँफेबगर शाखाका प्रबन्धक पुनित शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?