
७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गर्ने भएको छ।
माओवादी केन्द्रको प्रदेश १ समितिले आन्तरिक परिपत्र जारी गर्दै प्रत्येक पालिका र वडालाई चैत २० गतेभित्र मत सर्वेक्षण गरी त्यसको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिएको छ।
त्यस्तै माओवादीले पार्टीको अवस्था हेरेर पालिकाको वर्गिकरण गर्न समेत निर्देशन दिएको छ। जस अनुसार ४ श्रेणीमा पालिकाको वर्गिकरण हुने छ। श्रेणी ‘क’मा पालिका विजय सुनिश्चत भएको, ‘ख’ मा प्रयत्न भएमा जित्न सकिने, ‘ग’ मा केही वडा जित्नसक्ने र ‘घ’ जित्न नसकिने पालिकाहरुको वर्गिकरण गर्नुपर्ने छ ।
तालमेल गर्नुपरेमा मत सर्वेक्षणलाई समेत ध्यान दिँदै पालिका, जिल्ला र निर्वाचन कमाण्डको परामर्शमा प्रदेशले निर्णय लिने छ।
त्यस्तै माओवादीले केन्द्रीय नेताहरुको सहभागितामा प्रदेशभर जनसभाहरु पनि गर्ने छ ।
हेर्नुहोस् परिपत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4