+
+

एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु, अर्थमन्त्री शर्माले गरे उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १०:०६

८ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ ।

सम्मेलनको उदघाटन अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले गरेका छन् । प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए । बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै अर्थमन्त्री शर्माको प्रशंसा गर्ने क्रममा घलेले उनलाई भविष्यको प्रधानमन्त्री समेत भने ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् ।

अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।

पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए । धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?