
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बागलुङको बलेवामा नयाँ शाखा विस्तार गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी बैंकले २८९औं शाखाको रुपमा विस्तार गरेको हो ।
बागलुङ नगरपालिका – १४ स्थित बलेवा नारायणस्थानमा आयोजित एक कार्यक्रमबीच सांसद डा. सूर्य पाठक, नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन् ।
यस्तै एटीएम काउण्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरेका हुन् ।
बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बताए । यस क्षेत्रका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उदेश्यका साथ नयाँ शाखा विस्तार गरिएको उनले बताए ।
प्रतिक्रिया 4