+
+

एमसीसी विशुद्ध विकास परियोजना हो : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:१८

८ चैत, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको भनाइ छ ।

पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमसीसीबारे आफ्ना नेता÷कार्यकर्तालाई व्रिफिङ गरेका छन् । त्यस क्रममा उनले विकासको काम गर्न अरुतिर ऋण लिँदा चर्काे व्याज तिर्नुपरिरहेको र यो परियोजनाबाट आउने रकम अनुदान भएकाले फिर्ता गर्नु नपर्ने बताए ।

‘यो परियोजना अन्तर्गत विद्युत लाइन र सडकको काम हुन्छ’ उनले भने, ‘५ बर्षभित्र ट्रान्समिसन लाइन र सडकको काम पूरा हुन्छ । यो देशको हितमा भएकाले हामीले समर्थन गरेका हौं ।’

केही व्यक्तिले अफवाह फैलाएजस्तो एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको उल्लेख गर्दै ठाकुरले यो परियोजनासँग सैनिक संगठनबारे कुनै सम्बन्ध नभएको बताए ।

यो परियोजनामा नेपालकै इन्जिनियर, प्रशासन र कामदारले काम गर्ने भन्दै उनले यो परियोजना नेपालकै कब्जामा रहेर काम गर्ने बताए । ‘नेपाललाई बेचिदियो भनेर कतिपयले भनिरहेका छन्’ नेता ठाकुरले भने, ‘तर सबै प्रधानमन्त्रीले यसलाई समर्थन गरेका छन् । सबैको कार्यकालमा एमसीसीबारे केही न केही काम भएको छ । त्यसैले त विरोध गर्नेहरुले पनि यसलाई स्वीकारेका छन् ।’

अध्यक्ष ठाकुरले आफूहरुको मुद्दा सम्बोधनका लागि सरकारसँग छलफल भइरहेको बताए । नागरिकता समस्या, नेता/कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता सम्बन्धमा आफ्नो पार्टीको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र सरकारको तर्फबाट मन्त्री ज्ञानेन्द्र कार्कीबीच छलफल चलिरहेको बताए ।

मुद्दा सम्बोधन नभएसम्म तत्काल सरकारमा सहभागी नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?