
८ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ ।
युनाइटेड एग्रिडेसन फाउण्डेसन (युएएफ) अमेरिकाले कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।
मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आईएसओ सर्टिफिकेसन नेपालका निर्देशक सुदीप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताए । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।
नगर प्रमुख बासुदेव घिमिरेले दुई वर्षको प्रयासमा नगरपालिकाले गुणस्तर प्रमाणपत्र प्राप्त गरेको भन्दै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताए ।
प्रतिक्रिया 4