+
+

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतीक्षालय निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १८:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बझाङको एक विद्यालयमा प्रतीक्षालय निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकको बझाङ शाखाले जालपा माध्यमिक विद्यालयमा प्रतीक्षालय निमार्ण गरेको बैंकले जनाएको छ ।

विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रतीक्षालय विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई नवनिर्मित प्रतीक्षालय हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए ।

विद्यार्थीहरुलाई घाम पानीबाट बचाउनका लागि प्रतीक्षालय निर्माण गरेको उनले बताए । विद्यार्थीको हितलाई ध्यानमा राखेर प्रतीक्षालय निर्माण गरिदिएकोमा प्रअ मल्लले बैंकलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?