+
+

एमसिसीबारे बुझाएर भोट माग्नुपर्छ : रामचन्द्र पौडेल

रासस रासस
२०७८ चैत ८ गते १९:१०

८ चैत, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताए ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसिसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।

एमसिसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘कांग्रेसले एमसिसी पास गर्‍यो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” एमसिसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ छ ।

नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसिसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । ‘देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ’, पौडेलले भने, ‘देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।’

कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?