+
+

सावधान ! यी गल्ती गर्नुभयो भने ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ९:४०

लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सपको प्रयोग संसारका करोडौं मानिसहरूले गर्ने गर्दछन् । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुलाई आकर्षण बनाइराख्नका लागि नयाँ फिचरहरू थपिरहेको हुन्छ ।

प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाका लागि निकै संवेदनशील रहेको ह्वाट्सएपका प्रयोगका सख्त सर्त तथा नियमहरू तय गरेको हुन्छ । ह्वाट्सएपबाट गलत जानकारी तथा फेक न्यूजहरूको प्रसार रोक्नका लागि ह्वाट्सएपले कडा नियमहरू अख्तियार गर्ने गरेको छ ।

गलत काम गर्नेहरूलाई पक्रिनका लागि ह्वाट्सएपले आफ्नो प्रयोगकर्ताहरूलाई रिपोट गर्ने मौका दिन्छ र प्रयोगकर्ताहरूलाई नक्कली समाचार तथा स्पाम मेसेजका बारेमा सचेत गराउने उपाय पनि बताउँदछ ।

अर्थात् जो मानिसहरू यस्ता खालका काम ह्वाट्सएपमा गर्दछन् ह्वाट्सएपले त्यस्ता प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट सिधै बन्द गरिदिन्छ । त्यसैले आफ्नो ह्वाट्सएप अकाउन्टबाट अन्जानमा पनि यस्ता गलत गतिविधि नहोउन् भनेर सचेत हुनुपर्दछ ।

आफ्नो ह्वाट्सएप अकाउन्टबाट यी गतिविधि हुन नदिन सचेत हुनुहोस् :

· तपाईंले स्पामका लागि कहिल्यैपनि ह्वाट्सएपको प्रयोग नगर्नुहोस् । स्पामको अर्थ मेसेज पठाउनका लागि ब्रोडकास्टिङ सूची बनाउनु वा ग्रुप बनाउनु हो ।

· विभिन्न ग्रुपहरूमा फेक न्यूज फैलाउनबाट बच्नुहोस् ।

· एन्ड्रोइड स्मार्टफोनमा  APK फाइलको रुपमा मालवेयर तथा फिसिङ लिंक पठाउने काम नगर्नुहोस् ।

· यदि तपाईंले कसैका लागि ह्वाट्सएप अकाउन्ट बनाउनु भएको छ वा अरु कसैको नामको अकाउन्ट चलाउनु भएको छ अनि ह्वाट्सएपलाई त्यस्तो तथ्य थाहा भयो भने पनि तपाईंको ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुनसक्दछ ।

· WhatsApp Delta, GBWhatsApp,  WhatsApp  Plus  जस्ता थर्ड पार्टीका ह्वाट्सएप एपको प्रयोग गर्नाले तपाईंको सक्कली ह्वाट्सएप अकाउन्ट सधैका लागि बन्द हुनसक्दछ । किनकि प्रयोगकर्ताको प्राइभेसीसँग सम्बन्धित संवेदनशीलताका कारण यस्ता एपमा कुरा गर्ने अनुमति ह्वाट्सएपले दिँदैन ।

· यदि कुनै अकाउन्टविरुद्ध धेरै मानिसले रिपोर्ट गरेभने वा गुनासो गरे भने पनि ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुनसक्दछ ।

· ह्वाट्सएपमा कसैलाई अवैध, अश्लील, मानहानी हुने, धम्की दिने, त्रसित बनाउने, दु:ख दिने, घृणा फैलाउने जस्तो म्यासेज पठाउनु हुँदैन । साथै ह्वाट्सएपबाट पोर्न भिडियोका क्लिपहरू पनि पठाउनु हुँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?