+
+

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १२:१०

९ चैत, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?