+
+

ओलीको प्रतिवेदन : तालमेलबारे जिल्ला कमिटीले निर्णय गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १५:४१

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा तालमेलबारे निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई दिने प्रस्ताव गरेका छन् ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एक्लै विजय हासिल गर्ने तयारीका साथ अघि बढ्नुपर्ने बताए ।

स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भए सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीको सहमति लिएर निर्णय गर्न सक्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?