+
+
Shares

ओली–प्रचण्डको भेटबारे वर्षमान- टीआरसी टुंग्याउने प्रक्रिया सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:१९

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल भएको छ । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले उनीहरुबीच अहिलेसम्म भइरहेका कामबारे छलफल भएको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताए ।

आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यही विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा उपमहासचिव पुन पनि सहभागी थिए ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पाइएको बताए ।

‘यो प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पायौं । खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो,’ पुनले भने ।

संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्ट बाहिरिएपछि राखिएका सरोकारका विषयमा पनि ओली–प्रचण्डबीच छलफल भएको उनले बताए ।

‘सर्टलिस्ट बाहिर आएपछि केही सरोकारवालाहरूले प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवासँग राख्नुभएको रहेछ । भोलि नै प्रचण्डसँग समय लिनुभएको छ । निश्चय नै उहाँहरूको सरोकार राखेपछि प्रकिया सकारात्मक रुपले नै अघि बढेको हामीले पायौं,’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?