
९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन पार्टीका लागि ‘ब्याटल’ भएको बताएका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव पनि फरक प्रकारको ब्याटल भएको बताए।
आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन पनि आफूहरुले जित्नै पर्ने बताए ।
प्रचण्डले आयोगका सदस्यहरुलाई पार्टीका निर्वाचनकेन्द्रित कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न समेत निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4