+
+
Shares

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

‘पार्टीमा बसेर रडाको गर्नेहरू आफ्नो बाटो लागे पनि हुन्छ’

‘यो हामीले एकता गरेका छौं, धेरैलाई जोडेका छौं । हामी फुत्किन दिन त कसैलाई चाहदैनौं ।  तर, यहाँ बसेर रडाको गर्ने चाहिँ नबसे हुन्छ, आफ्नो बाटो लागे पनि हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १५:२९

९ वैशाख, काठमाडौं । नेपाली कम्यनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार नेपालमा कम्यनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजेपनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

‘आफै त म लिडरसीपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, म पनि । मलाई साथ चाहिएको छ,’ प्रचण्डले भने, ‘तर, म अन्तिम समयसम्म लडाइँ चाहिँ छोड्दिनँ फेरि फेला पार्‍या जस्तो लागेको छ, म खुसी छु ।’

अहिले पार्टीलाई पुनर्गठित गर्ने र पुनर्संरचनामा लैजाने नयाँ अवसर प्राप्त भएको पनि उनले टिप्पणी गरे । यस्तो बेला सच्चिन चाहनेहरू मात्रै पार्टीमा बस्न उनले आग्रह गरे ।

‘पार्टीलाई नयाँ नयाँ बनाउने बेला हो यो । मैले त साथीहरूसँग भनेको छु–सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु मैले,’ उनले भने ।

यो बेला धेरै पार्टीबीच एकता भएको र कोही नफुत्किउन भन्ने आफूले चाहेको पनि प्रचण्डले बताए । उनले अगाडि भने, ‘यो हामीले एकता गरेका छौं, धेरैलाई जोडेका छौं । हामी फुत्किन दिन त कसैलाई चाहदैनौं ।  तर, यहाँ बसेर रडाको गर्ने चाहिँ नबसे हुन्छ, आफ्नो बाटो लागे पनि हुन्छ ।’

पार्टीमा बसेर क्रान्तिकारी ढंगले आफूलाई रूपान्तरण गर्ने संकल्प गर्नेहरू मात्रै पार्टीमा बस्न उनले आग्रह गरे । ‘हामी अरू पनि कोको छन् ल्याउँछौं । यो ऐतिहासिक अवसर हो आफूलाई बदल्ने, क्रान्तिकारी धारलाई फेरि नयाँ शिराबाट बनाउने अवसर हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?