१३ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनले देखाएको छ,’ प्रचण्डले भने, ‘निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना छ ।’
पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको पनि उनले बताए । पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धतापत्र हरेक वडामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4