+
+
Shares

प्रचण्डको टिप्पणी- रास्वपा विचारहीन र बहुलठ्ठीपूर्ण तत्त्व

प्रचण्डले नेकपाको महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुपर्ने भन्दै तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १९:१४

१९ असार,बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षणलाई शनिबार बुटवलमा सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई सशक्त आन्दोलनको तयारीमा रहन आग्रह गरेका हुन् ।

उनले सरकारको नेतृत्व गरिरहेको रास्वपा र त्यसको नेतृत्वलाई विचारहीन र बहुलठ्ठीपूर्ण तत्त्वको संज्ञा दिए ।

‘महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको विकल्प छैन, देशमा जुनसुकै घटना जेसुकै होलान् तर तपाईं हामी सशक्त आन्दोलनको तयारीमा बसौं,’ प्रचण्डले भने, ‘जनतामा जाऔं, जनतालाई भरोसा गरौं, नेपाली जनताको जित हुन्छ, यस्ता विचारहिन बहुलठ्ठीपूर्ण तत्वहरू (रास्वपा) को जित नेपालमा हुनसक्दैन ।’

प्रचण्डले सरकारका १०० दिन उपलब्धीशून्य भएको टिप्पणी समेत गरे । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत: असफल भएको छ,’ प्रचण्डले टिप्पणी गरे ।

प्रचण्डले अहिले नै वाम एकताको कुनै कुरा नभएको तर, सहकार्यको लागि समन्वय गरेको बताए ।

‘वाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले वाम एकताको मात्रै कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं,’ प्रचण्डले भने ।

प्रशिक्षणमा प्रचण्डसहित नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेताहरू बुटवल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?