
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ जित्दा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दी इयर अवार्ड-२०२२’ जितेकी हुन् ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको कुरा भएको र यसको श्रेय मेगा बैंकका संस्थापक, शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने खुञ्जेलीको भनाइ थियो ।
मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत खुञ्जेलीलाई उक्त अवार्ड प्रदान गरिएको वर्ल्ड बिजनेस आउटलुकले जनाएको छ ।
सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो ।
यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4