+
+

युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ६:३५

१० चैत, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।

एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् ।

राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रुपमा रुसी जलवायू दूतको रुपमा काम गरेका थिए ।

ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रुपमा चिनिन्छन् । उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरुसँग घनिष्ट सम्बन्ध बनाएका थिए । सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रुपमा उनी चिनिन्छन् ।

पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरुका उच्च ओहोदामा रहेर काम गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आलोचकहरु बढेका छन् । गत हप्तामात्रै युक्रेनमा गरिएको आक्रमणको विरोध जनाउँदै दिमित्री मेदभेदेवका वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका अर्केदी दोर्कोभिचले सरकार समर्थित स्कोल्कोभो टेक्नोलोजी फण्डको प्रमुख पदबाट राजीनामा दिएका थिए । अर्केदी युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्ने केही पूर्व वरिष्ठ अधिकारीहरुमध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?