१० चैत,काठमाडौं । सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ । बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4