+
+

महिला मन्त्री रेग्मीको प्रस्ताव : हिंसा न्यूनीकरण गर्न अनौपचारिक संयन्त्र बनाऔं

राष्ट्रपतिलाई भेट्न नपाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १२:२०

१० चैत, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा र बलात्कार न्यूनीकरण गर्नेबारे अनौपचारिक संयन्त्र बनाउने प्रस्ताव गरेकी छन् ।

बिहीवार राजधानीमा आयोजित ‘यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘हत्या, हिंसा र बलात्कार धेरै भयो । न्यूनीकरण गर्नेबारे कानुन निर्माणमा सघाउने गरी अनौपचारिक संयन्त्र बनाऔं,’ उनले भनिन् ।

यस्तो संयन्त्र राष्ट्रिय महिला आयोग अन्तर्गत राख्न सकिने उनले बताइन् । मन्त्रालयकै कर्मचारीबाट असहयोग हुने भएकाले अनौपचारिक संयन्त्र बनाउने सोच आएको उनले सुनाइन् । ‘केही गर्छु भनेर यो मन्त्रालय रोजेर आएको, मन्त्री भएपछि अनुभव गरें– कोही कर्मचारी कहिले जाला घाम भन्ने सोचका । महिला कर्मचारी नै पनि पछि केही पर्ला कि भनेर सही गर्न डराउने,’ उनले भनिन् ।

राष्ट्रपतिलाई भेट्न नपाएको गुनासो

मन्त्री रेग्मीले राष्ट्रपतिलाई भेट्न नपाएको गुनासो पनि गरिन् । ‘महिला दिवसमा प्रमुख अतिथि बनाउन भेट्न खोजें तर पाइनँ । पछि खबर आयो समय नभएको भन्ने आयो,’ उनले भनिन् ।

मन्त्री रेग्मीले महिला राष्ट्रपति भए पजि पूर्वाग्रह राखेर भेटका लागि समय नदिएको हुन सक्ने उनले बताइन् । ‘आग्रह र पूर्वाग्रह राख्ने । मैले कांग्रेस खोजेर हिंड्ने । समस्या यहाँ पूर्वाग्रह राख्नेमा छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?