+
+

ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रष्टमार्क सर्टिफिकेसन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:०८

काठमाडौं । सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आईएमडीए) ले आफ्नो डाटा प्रोटेक्सन ट्रस्टमार्क (डीपीटीएम) सर्टिफिकेसन ह्वावे अन्तर्राष्ट्रिय प्रालि, ह्वावेको सिंगापुरको सहायक कम्पनीलाई अवार्ड प्रदान गरेको छ ।

डीपीटीएम सिंगापुरको व्यक्तिगत डाटा संरक्षण ऐनसँग पूर्ण रूपमा पालना गर्ने डाटा सुरक्षा व्यवस्था भएका व्यवसायहरूलाई दिइन्छ । कम्पनीका अनुसार हालसम्म ८० भन्दा बढी कम्पनीहरूले यो सर्टिफिकेसन पाएका छन् ।

डीपीटीएम सर्टिफिकेसन प्राप्त गर्नु भनेको आईएमडीएले ह्वावेको डाटा संकलन, प्रयोग र खुलासासँग सम्बन्धित डाटा सुरक्षा अभ्यासहरूको सुदृढता र जवाफदेहितालाई मान्यता दिनु रहेको कम्पनीको भनाइ छ ।

ह्वावे इन्टरनेसनलका सीईओ फू फ्याङ योङले व्यक्तिगत डाटा सुरक्षा कानुनी आवश्यकता मात्र नभई यो सामाजिक उत्तरदायित्व पनि भएको बताए ।

विगत दुई दशकमा ह्वावेले सिंगापुरका स्थानीय टेलिकम अपरेटरहरूसँग विश्वस्तरीय नेटवर्क पूर्वाधार विकास गर्न सहयोग गर्न, सिंगापुरको डिजिटलाइजेशन यात्रालाई समर्थन गर्न र सिंगापुरका उपभोक्ताहरूलाई स्मार्ट उपकरणहरूको सिरीज प्रस्तुत गरेको छ ।

क्लाउड कम्प्युटिंग र बिग डाटा जस्ता नयाँ प्रविधिहरू परिपक्व भई सञ्चार पूर्वाधारमा थप एकीकृत भएकाले ह्वावेले स्थानीय व्यवसायहरूलाई स्थिर, भरपर्दो, सुरक्षित र दिगो क्लाउड सेवाहरू उपलब्ध गराउने आफ्नो क्षमतालाई बढाउँदै गइरहेको छ ।

डीपीटीएम सर्टिफिकेसन प्राप्त गर्नुका साथसाथै ह्वावेले साइबर सुरक्षा एजेन्सी अफ सिंगापुर (सीएसए) सँग पनि आफ्नो एसजी साइबर सेफ पार्टनरसिप प्रोग्रामको एड्भोकेट पार्टनरहरूको रूपमा साझेदारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?