+
+

एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई

'सम्बन्धित जिल्ला कमिटिले तामेल गर्न सक्छ'

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:०३

११ चैत, धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए ।

शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।

‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन्,’ भट्टराईले भने, ‘आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’

उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक विस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबीचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।

भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी समेत गरेका छन् ।

पार्टी विभाजन भएका बेला ६० प्रतिशत स्थानीय तहमा जित कसरी सम्भव छ ? भन्ने जिज्ञाशामा भट्टराइले भने, ‘मुलुकको लोकप्रिय पार्टी भनेको नेकपा एमाले भएको कुरा देशभरी विभिन्न पार्टी परित्याग गरेर प्रवेश गरिरहेको जनलहरले पुष्टि गरेको छ । अन्य पार्टी माइनस हुँदा एमाले प्लस प्लस हुँदै गइरहेको छ यही हाम्रो जित्ने आधार हो।’

गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक खालका दाउपेच गरेको भएपनि नेकपा एमाले, बुद्धिजिवी, पत्रकार र आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको दाबी समेत भट्टराइको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?