+
+

शिक्षकको आन्तरिक प्रतिस्पर्धाको परीक्षा केन्द्र सार्वजनिक

शिक्षक सेवा आयोगले चैत २१ गते सञ्चालन गर्न लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा (२५ प्रतिशत) शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:३१

११ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले चैत २१ गते सञ्चालन गर्न लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा (२५ प्रतिशत) शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।

आयोगले प्राथमिक तह द्वतीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमावि द्वितीयका लागि १२७ निमावि प्रथमका लागि १८ र मावि द्वितीयका लागि १३७ र मावि प्रथम श्रेणीका लागि ३३ जनाको पदका लागि परीक्षा लिन लागेको हो ।

हेर्नुस् शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?