+
+

‘चिसो मान्छे’को टिजर : ‘कर्णाली लुक्स’मा स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १३:३७

काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’को टिजर रिलिज भएको छ । फिल्मको निर्माण पक्षले शुक्रबार यो फिल्मको टिजर सार्वजनिक गरेको हो ।

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’को टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि अटाएका छन् ।

कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् ।

आगामी असार ३ गतेलाई रिलिज मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?