+
+

ट्रम्पले हिलारीविरुद्ध मुद्दा हाले

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १४:५९

११ चैत, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध मुद्दा हालेका छन् ।

ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनावी अभियानका बेला हिलारीले षडयन्त्र गरेको भन्दै फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा हालेका हुन् ।

ट्रम्पले हिलारीसहित अन्य २६ जना व्यक्ति तथा षडयन्त्रमा संलग्न भएको ठानिएका विभिन्न निकायविरुद्ध समेत मुद्दा हालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ट्रम्पले अदालतमा हालेको मुद्दामा चुनावी अभियानका क्रममा हिलारी र उनको समूहले आफूलाई रुससँग साँठगाँठ गरेको भनेर गलत आरोप लगाएको उल्लेख समेत छ । उनले क्षतिपूर्तिस्वरुप ७ करोड २० लाख तिर्नुपर्ने माग समेत गरेका छन् ।

ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीसहित अन्य अधिकारी, बेलायतका गुप्तचर क्रिस्टोफर स्टिल तथा उनका सहयोगी र हिलारीको चुनावी अभियानका केही सल्लाहकारविरुद्ध समेत मुद्दा हालेको सीएनएनले जनाएको छ ।

उनीहरू सबैले नक्कली आरोप लगाएर ट्रम्पको अपमान गर्न खोजेको मुद्दामा उल्लेख छ । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?