+
+
Shares

सीलाई अमेरिकामा स्वागत गर्न ट्रम्प विमानस्थलमै पुग्ने

सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत गर्न लागेका हुन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्गमै स्वागत गर्ने भएका छन्।
  • ह्वाइट हाउसका अनुसार ट्रम्पले सी र उहाँकी पत्नी पेङ लियुआनसँगै सैन्य आधारमा आगमन समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ।
  • सीको तीनदिने भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान गारदको निरीक्षण र राजकीय भोज आयोजना हुनेछ।

७ असोज, वाशिङ्टन (रासस/एपी) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएका छन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत गर्न लागेका हुन्।

ट्रम्पको यो निर्णयले एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिकाको राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपतिलाई दिइएको उच्च प्राथमिकता देखाउँछ । ह्वाइट हाउसका अनुसार ट्रम्पले सी र उहाँकी पत्नी पेङ लियुआनसँगै सैन्य आधारमा आगमन समारोहमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रथम महिला मेलानिया ट्रम्पले सी र पेङलाई उच्च सम्मानका साथ स्वागत गर्नुपर्ने बताएका छन् । उनले सी र ट्रम्पबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति अमेरिकी भूमिमा आउँदा उनलाई सम्मानपूर्वक स्वागत गर्नुपर्ने बताए।

सीको तीनदिने भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा औपचारिक आगमन समारोह तथा राजकीय भोज आयोजना हुनेछ । यस भ्रमणलाई ट्रम्पको यसै वर्षको मे महिनामा भएको चीन भ्रमणका क्रममा आफूले पाएको औपचारिक स्वागतको प्रत्युत्तरका रूपमा पनि हेरिएको छ ।

यद्यपि, उच्चस्तरीय स्वागत समारोह भइरहेका बेला अमेरिका–चीन सम्बन्ध व्यापार, कृत्रिम बुद्धिमत्ता, इरान र ताइवानलगायत विषयमा तनावपूर्ण छ । दुवै देशले सम्बन्धमा ‘रणनीतिक स्थिरता’ कायम राख्ने प्रयास गरिरहेका छन् । ट्रम्पले पछिल्ला महिनामा सीलाई ‘महान् नेता’ भन्दै उहाँसँगको सम्बन्धबारे सकारात्मक धारणा व्यक्त गरेका छन्।

सीलाई दिइने भव्य स्वागतप्रति केही अमेरिकी सांसदले आलोचना गरेका छन् । सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष रोजर विकरले चीनको सैन्य विस्तार र इरानसँगको सम्बन्धलगायत विषयमा सीसँग गम्भीर छलफल गर्न ट्रम्पलाई आग्रह गरेका छन्।

ट्रम्पले सीलाई प्रभावित पार्न भ्रमणको तयारीमा विशेष ध्यान दिनुभएको छ । उनले ह्वाइट हाउसमा निर्माण भइरहेको नयाँ हेलिकप्टर अवतरणस्थलको चर्चा गरेका छन्।

बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान गारदको निरीक्षण र राजकीय भोज आयोजना हुनेछ । भोजमा प्रविधि तथा व्यवसाय क्षेत्रका प्रमुख व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ । दुई नेताबीच व्यापार, प्रविधि तथा अन्य विवादित विषयमा बन्द कोठाभित्र छलफल हुनेछ ।

भ्रमणबाट ठूलो कूटनीतिक उपलब्धि हासिल हुने अपेक्षा भने सीमित रहेको समाचारमा उल्लेख छ । शुक्रबार सी र पेङले ट्रम्प दम्पतीसँग अनौपचारिक चियापान गर्ने तथा वासिङ्टनस्थित राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँ उनीहरूले अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज अवलोकन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?