+
+

देउवासँग शेखर कोइरालाले पोखे असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १५:५७

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनै उनले आफूलाई समानान्तर समूह बनाएर अघि बढ्न दबाव आएको समेत सुनाएका थिए ।

जवाफमा सभापति देउवाले भने मिलेर अघि बढ्ने बताएको कोइरालका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसमा असन्तुष्ट शेखर समूहका नेताहरुले भने सभापतिले एकलौटी गर्दै गए भ्रातृ संगठनहरुमा समानान्तर समिति बनाउनुपर्नेमा जोड थिएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?