+
+

पलमाथि लगानी गरेका निर्माताको तीन करोड जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १६:४५

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दियो । पल कारागार चलान भएसँगै उनीमाथि लगानी गरेका निर्माताको झण्डै तीन करोड रुपैयाँ जोखिममा परेको छ ।

एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगपछि पलले फिल्म ‘२ नम्बरी’ गुमाए । लकडाउनअघि १० दिन सुटिङ भएको उक्त फिल्मबाट पलले एड्भान्स पारिश्रमिक समेत बुझिसकेका थिए । फिल्मको १० दिनको सुटिङ खेर गएन मात्रै निर्माताले १५ लाख रुपैयाँ पनि गुमाए ।

सुरज सुब्बाले निर्देशन गर्न लागेको फिल्म ‘हृदयभरि’को झण्डै २ करोड लगानी पनि जोखिममा परेको छ । पललाई मुख्य भूमिकाको लागि अनुबन्धित गर्दै निर्देशक सुब्बा छायांकनमा जाने तयारीमा थिए । फिल्ममा पलको जोडीको रुपमा श्रद्धा क्षेत्रीलाई अनुबन्ध गरिएको थियो । पल थुनामा गएसँगै यो प्रोजेक्टको भविष्य पनि तत्काललाई अन्योलमा परेको छ ।

बलात्कारको मुद्दा दायर हुनुअघि पलले तीन दर्जन जति म्युजिक भिडियोबाट समेत एड्भान्स पारिश्रमिक लिएको निकट स्रोतहरु बताउँछन् । यो रकम झण्डै २० लाख जति हुन आउँछ । म्युजिक भिडियोबाहेक उनले केही फिचर फिल्ममा पनि सम्झौता गरेका थिए ।

जसमा दीपेन्द्र लामा र यश कुमारले निर्देशन गर्ने तयारीमा रहेका दुई फिल्ममा पनि पल अनुबन्धित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?