+
+

माओवादीले गल्ती स्वीकार गरे चितवनमा गठबन्धनबारे छलफल हुन्छ : दिनेश कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १८:४१

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला आगामी चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । कति कतै गठबन्धन गर्नुपर्ने भए जिल्ला र स्थानीय तहका कमिटीहरुलाई नै निर्णय गर्न दिनुपर्ने उनले बताए ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका नेता कोइराला तालमेलको विपक्षमा मत दिएका हुन् । ‘नेकपा फुटेको छ, एमाले फुटेको छ । यतिखेल पनि सिंगल लडेनौं भने कहिले लड्ने ? त्यसैले सिंगल लड्नुपर्छ,’ उनले भनेका छन् ।

गठबन्धनमा अपवित्र स्वार्थरु मिसिएका कारण पनि सचेत हुनुपर्ने नेता कोइरालाले बताए ।

भरतपुरमा के हुन्छ भन्ने प्रश्नमा केन्द्रीय सदस्य कोइरालाले भने, ‘भरतपुरमा मात्र होइन, चितवनमा गठबन्धन हुन्छ भने २०७४ मा कांग्रेसलाई धोका दिएर गल्ती गर्‍यौं  ।कांग्रेसबाट चुनाव जितेर एमालेलाई भोट हाल्यौं । हिजो गल्ती गर्‍यौं, अब सहकार्य सुरु गरौं भन्यो भने छलफल हुन्छ, नभए हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?