+
+

महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, ३ जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ७:१३

१२ चैत, बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?