+
+

कीर्तिपुरमा पपुवा न्यूगिनी टिमको उत्साह (फोटो फिचर)

दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपनि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ ।

शंकर गिरी शंकर गिरी
२०७८ चैत १२ गते २०:२६

१२ चैत, काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ ।

नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । यसअघि शुक्रबार भएको पहिलो एक दिवसीय खेलमा पनि नेपाल पीएनजीसँग पराजित भएको थियो ।

शनिबारको खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले १०५ रन र देव खनालले ७२ रन बनाए भने बलिङतर्फ कप्तान सन्दीप लामिछानेले एक विकेट लिँदै वान डे क्रिकेटमा ५० रन पूरा गरे । नेपालका खेलाडीको व्यक्तिगत प्रदर्शनमा यो नतिजा सुखद भए पनि नेपालले पहिलो पटक वान डे श्रृङ्खला गुमाउन पुग्यो ।

यद्यपि घरेलु मैदानमा क्रिकेट हेर्न पाएका नेपाली दर्शक भने खुशी देखिए ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?