+
+

सर्लाहीकाे धनकौलमा आगलागी हुँदा १३ घर जल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते २०:३८

१२ चैत, जनकपुरधाम । सर्लाहीकाे धनकौल गाउँपालिका ५ हरकठवामा शनिबार दिउँसो भएकाे आगलागीबाट १३ जनाकाे १३ वटा घर जलेकाे छ । आगलागीमा भाग्ने क्रममा लडदा एक जना घाइते भएका छन् ।

आगलागीले प्रदीप हजरी, भुमेशवर कानु, ताहिर हजारी, रामबली पासवान, सितल हजारी, भिखारी पासवान, राम बिश्वास हजारी, बिकाउ हजारी, नन्द किशोर पासवान, गगन हजारी, सरप लाल हजारी र रामनाथ हजारीको एक/एक वटा घर जलेकाे प्रहरीले जनाएको छ ।

आगलागीबाट सिलिण्डर ग्याँस पड्किदा भाग्ने क्रममा ३५ बर्षका अरबिन्द प्रसाद कुशवाह घाइते भएका छन् । उनलाई उपचारको लागि नवलपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

आगलागीले २६ लाख बराबरको क्षति भएको उनले बताए । आगोलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी तथा मलङगवा र हरिवनबाट गएको दमकलको सहयोगमा निभाइएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?