
१३ चैत, काठमाडौं। सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशासनका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् ।
आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशासनका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवर्द्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’
गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरुको निर्णयमा भर पर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4