+

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

२०७८ चैत  १३ गते १८:३५ २०७८ चैत १३ गते १८:३५
पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

काठमाडौं । हरेक श्रीमान-श्रीमतीबीच सानोतिनो झगडा हुन्छ । तर तपाईं आमाबुबा बन्न लाग्नुभएको छ भने यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । डाक्टरहरूले गर्भवती महिलालाई जुनसुकै अवस्थामा पनि खुसी राख्नुपर्ने सल्लाह दिन्छन् ।

यदि गर्भवती महिला कुनै तनावमा रहन्छिन् भने यसले मुटुको धड्कन बढाउँछ । रक्तचाप बढ्छ र गर्भमा रहेको बच्चामा अक्सिजन आपूर्ति प्रभावित हुन सक्छ । यसकारण अप्रत्यक्ष रुपमा श्रीमान-श्रीमतीबीचको झगडाले गर्भमा रहेको बच्चालाई पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।

बच्चाको मानसिक विकासमा बाधा आउन सक्छ

गर्भावस्थामा अत्यधिक रुनु वा रिसाउनु शिशुको स्वास्थ्यका लागि राम्रो होइन । यसले गर्भमा रहेको बच्चाको मानसिक विकासमा बाधा पुर्‍याउन सक्छ । बच्चाको सोच्ने क्षमतालाई असर पार्छ र तनावका कारण बच्चा जन्मेपछि चिन्ताको शिकार हुन सक्छ ।

भ्रूणका लागि खतरा

झगडाका क्रममा यदि शारीरिक यातनासम्मको घटना भयो भने चोटपटकका कारण गर्भमा रहेको शिशुको ज्यान समेत जान सक्छ । रक्तस्रावलाई गर्भपातको लक्षण मानिन्छ । श्रीमान-श्रीमतीबीच झगडा हुनु सामान्य कुरा हो, तर यसले तपाईंको गर्भमा रहेको बच्चाको स्वास्थ्य बिगार्छ र स्वास्थ्यको कुरा गर्दा आमा र बच्चाको स्वास्थ्यसँग खेलवाड गर्न सकिंदैन ।

बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ

यदि गर्भावस्थामा दम्पतीबीच झगडा भए बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा दबाब पर्न सक्छ र भविष्यमा बच्चा रोगको शिकार हुन सक्छ । आमाको बढ्दो तनावले बच्चामा पनि नराम्रो असर गर्छ ।

भ्रूणमा अक्सिजनको मात्रा कम हुनसक्छ

गर्भावस्थाको समयमा झगडाका कारण तनाव बढ्दा गर्भवती महिलाको मुटुको गति बढ्न सक्छ, जसले उच्च रक्तचापको समस्या हुनसक्छ । यसले गर्दा पाठेघरमा अक्सिजन कम हुने र बच्चालाई रगतको आपूर्ति नहुन सक्छ ।

गर्भावस्थामा दम्पतीबीचको झगडाबाट कसरी बच्ने ?

गर्भावस्थामा एकातर्फ शरीरमा आउने परिवर्तनसँग समायोजन गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ मानसिक तनावसँग जुध्न पनि गाह्रो हुन्छ । गर्भावस्थामा हर्मोनमा परिवर्तन हुने र भावनामा हुने परिवर्तनले शरीरमा नराम्रो असर गर्छ । दम्पतीले केही सजिलो तरीका अपनाउनुपर्छ, जसको मद्दतले गर्भावस्थामा मानसिक तनावबाट बच्न सकिन्छ ।

-पार्टनरसँग गर्भमा रहेको बच्चाको गतिविधिबारे छलफल गर्नुहोस् र उनीहरूको विचार जान्नुहोस् । साथै, पेटमा रहेको  बच्चाको लागि योजना बनाउन पनि सकिन्छ ।

-एकअर्काको लागि समय निकाल्नुहोस्, यदि दम्पती दुवै जना काम गर्दै हुनुहुन्छ भने तपाईंले दिनमा केही समय सँगै बिताउनुपर्छ ।

-सँगै घुम्न जानुहोस् । साथै, ध्यान, योग र व्यायामलाई समय दिनुहोस् ताकि दिमाग शान्त रहोस् र झगडा नहोस् ।

-सँगै डाक्टरकहाँ जानुहोस्, यसबाट दुवैले शारीरिक परिवर्तनहरु बुझ्न सक्छन् ।

-गर्भावस्था हरेक जोडीको लागि विशेष अवसर हो । यस समयमा दुवैले बच्चालाई खुसी र उत्साहका साथ स्वागत गर्ने तयारी गर्नुपर्छ र आपसी मनमुटावलाई बेवास्ता गर्नुपर्छ ।

गर्भावस्था शिशु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?