+
+

एनआरएनमा भागबण्डा मिलाउन ३ अध्यक्ष, ११ जना उपाध्यक्ष, ७५ जना पदाधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १९:३८

१३ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा भागवण्डा मिलाउनका लागि तीन अध्यक्षको व्यवस्था गरिएको छ ।

आइतबार विधान संशोधनमार्फत तीन जना अध्यक्ष हुने गरी भागवण्डालाई सहज बनाइएको हो । संघभित्रका तीन समूहको व्यवस्थापन हुने गरी पदाधिकारीको संख्या पनि बढाइएको छ ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।

संघ भित्र दुई समूहको विवाद बढ्दै गएपछि विधान संसोधन गरेर पदाधिकारी संख्या बढाएर समाधान निकाल्ने गर्ने प्रयास गरिएको छ ।

विधानले अध्यक्षका आकांक्षी रहेका कूल आचार्य,बद्री केसी र रविना थापालाई एकैपटक अध्यक्ष हुने बाटो खुलेको छ ।

यसअघि, पूर्व अध्यक्ष शेष घलेको अगुवाइमा भएको संघको विश्व सम्मेलनबाट अध्यक्षमा विनोद कुँवर चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?