+
+

मतदाता : काठमाडौंमा ३ लाख २४२, नार्पा भूमिमा ४४८ जना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते २०:३९

१३ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा सबैभन्दा धेरै मतदाता काठमाडौं महानगरपालिकामा छन् । काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका आयोगले जनाएको छ ।

यस्तै दोश्रो धेरै मतदाता रहेको स्थानीय तह कास्कीको पोखरा महानगरपालिका र तेश्रो भरतपुर महानगरपालिका हो ।

पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता छन् ।

जिल्लाको कुरा गर्ने हो भने सबैभन्दा धेरै मतदाता मोरङमा छन् । एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता छन् ।

दोश्रो धेरै हुने जिल्ला झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता छन् । झापामा १५ वटा स्थानीय तह छन् ।

काठमाडौं महानगरपालिका सबैभन्दा धेरै मतदाता हुने स्थानीय तह भए पनि काठमाडौं जिल्ला भने धेरै मतदाता हुने तेश्रो जिल्ला हो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता छन् ।

नार्पा भूमिमा ४४८ जना मात्रै मतदाता

आयोगका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम ४४८ जना मात्र मतदाता छन् । मनाङ कै चामे गाउँपालिकामा ७११ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९६७ मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता रहेको जिल्लामा मनाङ छ । चार वटा मात्र गाउँपालिका रहेको मनाङमा ६ हजार ४९६ मतदाता छन् । ५ वटा गाउँपालिका मात्र रहेको मुस्ताङमा १० हजार ४८५ जना मतदाता छन् ।

२ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको डोल्पामा २२ हजार ४४० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?