+
+

शेखर कोइराला पक्षका तरुण र विद्यार्थीको अलग्गै बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ९:१२
डा. शेखर कोइराला

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरुको छुट्टै बैठक बोलाएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानाले बताइन् ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।

कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?