
अर्थ समितिको बैठक । फाइल तस्वीर
१४ चैत, काठमाडौं । अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न आज बोलाएको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
समितिले आज अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफल राखेको थियो । तर सांसदहरु न्यून उपस्थित भएपछि बैठक बस्न सकेन ।
समितिका सचिव सुरेन्द्र अर्यालले आजका दुबै बैठक स्थगित भएको जानकारी दिए ।
समितिका कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमात्र बैठक बस्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4