 
																			१ पुस, काठमाडौं। गणपुरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सोमबार बिहान ११ बजेका लागि बैठक राखेको थियो। छलफलको विषय थियो– सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने। तर, कोरम पुग्न नसकेपछि समितिको बैठक नै बस्न सकेन ।
समिति सभापति सन्तोष चालिसे ‘कोरम नपुग्ने समस्याले हैरान भएको’ बताउँछन् । ‘आज दश जना मात्रै भयौं । कार्यविधिले बैठक बस्न दिएन । भोलि अर्को बैठक राखेका छौं । हेरौं भोलि कोरम पुग्छ कि’ सभापति चालिसेले भने ।
२३ सदस्यीय अर्थ समितिको बैठक बस्नका लागि ५१ प्रतिशत सदस्य अर्थात १२ जना उपस्थिति हुनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत सदस्य उपस्थित नहुँदा यसअघि पनि अर्थ समितिको बैठक पटक–पटक स्थगित भएका छन् ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4