+
+

कांग्रेस सांसद कँडेलको ‘बोनसको यो जीवन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:४९

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।

सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् । विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए ।

उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताए ।

सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ । २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरु रहेको पनि सांसद कँडेलले बताए ।

सांसद कँडेलले भने, ‘२०६० भदौ १२ गते कुसुन्तीमा जनमाथि भएको आक्रमण र त्यो आक्रमणमा तत्कालीन माओवादी आधिकारिक रुपमा थियो । उनीहरुले त्यसलाई स्वीकारेका थिए । उनीहरुबाट नै त्यो आक्रमण भएको थियो । र त्यससँग सम्बन्धित द्वन्द्वकालका कुराहरु र त्यो भिडन्तको अवस्था, त्यसपछि अन्य विधाहरुमा गरेर ४ खण्डमा मैले पारिवारिक पृष्ठभूमिहरु र राजनीतिक विषयहरुलाई लिएर २७२ पेजको बोनसको यो जीवनको नामबाट मैले पुस्तक लेखेको छु ।’

त्यो बिक्रीबाट आउने आयहरु नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटललाई आर्थिक रुपमा विपन्नहरुलाई उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य छ ।’

सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटलमा आर्थिक रुपमा विपन्नहरुलाई उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?