+
+

दोहोर्‍याएर वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण कक्षा लिनुनपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १५:०२

१४ चैत काठमाडौं । एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ । अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फर्किएका र उही काममा  विदेश जानेहरुले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाएको जानकारी दिए । विदेश गएर अनुभव हासिल गरिसकेकालाई त्यस्तो कक्षा आवश्यक नपर्ने निष्कर्ष निकालेर पुरानो व्यवस्था हटाइएको मन्त्रालयको भनाइ छ ।

अब वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका श्रमिककका परिवार र अंगभंग भएकालाई दिइने क्षतिपूर्तिसमबन्धी सेवा पनि वैदेशिक रोजगारको मुख्य अनलाइन प्रणालीमा आवद्ध गरिएको छ । यसअनुसार अब  बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सीधै बैंक खातामा भुक्तानी लिन सकिनेछ ।  यसले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने सरकारको विश्वास छ ।

पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले आफूले अहिलेसम्म गरेका काम र गर्ने योजनाहरु पनि सार्वजनिक गरेका छन् । उनले आगामी जुनभित्र कतारसँग नयाँ श्रम समझदारीको हस्ताक्षर गर्ने सहमति भएको बताए ।

मन्त्री श्रेष्ठले सार्वजनिक गरेका योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?