+
+
Shares

ग्लोबल आईएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता, भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:१०

काठमाडौं । ग्लोबल आईएमई बैंक र गेटवे पेमेन्ट सर्भिस प्रालिबीच सम्झौता भएको छ । नेपाल-भारतका ग्राहकलाई क्यूआर सुविधा सञ्चालन गर्नका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि)सँग सम्झौता भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार यस बैंकको मोबाइल बैंकिङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पेटीएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने छ ।

सेवा सञ्चालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारत पे, पेटीएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने बै‌ंकले जनाएको छ ।

ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने विश्वास बैंकले गरेको छ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि सदैव अग्रसर रही आएको बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?